जदौ टिजरमा त्रिकोणात्मक प्रेम र जातीय अन्तरद्वन्द्व

काठमाडौं । फिल्म ‘जदौ’ टिजर गत शनिबार सार्वजनिक भएको छ । हाइटेक इन्टरटेन्मेन्टमार्फत दर्शकमाझ ल्याइएको करिव एक मिनेट लामो टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको विबाद प्रस्तुत गरिएको छ ।

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापाबीच प्रेम रहेको देखाएको छ भने अभिभावक पुस्ताको प्रतिनिधित्व अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन् ।
असोज ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मलाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथाका रुपमा बताइदै आइएको छ ।

निर्देशक अन्जन शर्माले नेपाली समाजमा ब्याप्त जात सम्बन्धी बिभेदकारी ब्यबहारले उत्पन्न समस्या र त्यसको निराकरणको लागि चालिएको पाइलालाई सजीव ढंगले प्रस्तुत गरिएको बताए ।

समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन, ऋचा, नीति, प्रभातपाल, राजश्री, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, स्वस्तिका चौधरीलगायतको अभिनय छ ।

श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मको निर्मातामा सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल छन् । शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन् । फिल्मलाई एनजिसिएन ग्रुपले देशब्यापी रुपमा बितरण गर्दैछ ।