बाः एक योद्धाबारे के भन्छिन् सुहाना ?

काठमाडौं । नायिका सुहाना थापाले फिल्म ‘बाः एक योद्धा’ केही फरक र चाखलाग्दो रहेको बताएकी छन् । भदौ १९ गतेबाट रिलिज हुने यो फिल्म हेर्न आग्रह गर्दै उनले यसमा केही फरकपन रहेको दाबी समेत गरेकी छन् ।

‘हामी सबैलाई हाम्रो बाबा–आमाले हाम्रा लागि गरेको सम्झौता याद हुन्छ । तर, हामी त्यसलाई बाबा–आमाआमाका अगाडि खुलेर भन्न सक्दैनौँ,” सुहाना भन्छिन्, “मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी सम्झौता गर्नुभएको छ भनेर डिफाइन गरिदिएको छ ।’

फिल्ममा सुहानाका अलावा दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।