एक्का तीनमा पुजा र कविताको टकराव

काठमाडौं । भदौको तेस्रो साताबाट छायांकनमा जान लागेको फिल्म ‘एक्का तीन’को फस्ट लुक्स सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका प्रमुख दुई कलाकार पुजा शर्मा र कविता नेपालीको टकरावलाई देखाइएको छ ।

जुना फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा नायक को रहने हुन् भन्ने विषयमा खुलाइएको छैन । रुपेश तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ ।