पार्वती ट्रेलरमा नीताको अटिजम जीवनचक्र

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो।

ओएसआर डिजिटलबाट सार्वजनिक ४ मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदीभाईको मायालाई देखाइएको छ । ट्रेलरमा पार्वतीको भूमिकामा देखिएकी नीताको अटिजम जीवनचक्रलाई देखाइएको छ । उनको कथासँगै जोडिएको भाई अशोकको प्रेम पनि उत्तिकै कारुणिक छ ।

नीता ढुङ्गानाकै निर्देशनमा बनेको फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

यसअघि सार्वजनिक फिल्मका गीत ‘नौ तुनाको रेल’,‘मेरी दिदी’ बोलको गीतलाई दर्शकले उत्तिकै मनपराएका छन् ।