शिव र उषाको आमा

काठमाडौं । गायक शिव परियार र गायिका उषा गजुरेलको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा अभि सुनारको शब्द र संगीत, पुर्ण संयोग र सन्जिब बराइलीको एरेन्ज तथा नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ छ ।

निकेश खड्का निर्देशित गीतको भिडियोमा विद्या कार्की, अभि सुनार, उषा गजुरेल र आदित्य ठकुरीको अभिनय छ । गीतमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ । घरको एक्लो छोरो विदेशिएपछिको आमाको पीडालाई भिडियोमा देखाइएको छ ।

भिडियोमा विकास धमलाको सम्पादन र कलर, स्वस्तिका श्रेष्ठको मेकअप, सुदीप ढकालको प्रोडक्सन तथा बुद्ध थापा एण्ड टिमको छायांकन छ ।

उषा गजुरेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोका निर्माता सम्राट ढकाल र डा. युवराज कँडेल हुन् ।