डान्स विथ रुपेश ग्लोबल डान्स स्टुडियोको शुभारम्भ

अमेरिका । अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा गत आइतबार डान्स विथ रुपेश ग्लोबल डान्स स्टुडियोको शुभारम्भ गरिएको छ । कला, संस्कृति र नेपाली नृत्य विधाको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको यस स्टुडियोको शुभारम्भ फेयरफिल्ड सिटीकी उपमेयर डेबी पेनिङटन, विशिष्ट अतिथि डीलाना डेभनपोर्ट र भुटानीज कम्युनिटी अफ सिन्सिनाटीका अध्यक्ष पुष्प लुईटेलले गरे ।

कार्यक्रममा स्टुडियोका संस्थापक, नृत्य निर्देशक तथा कलाकार रुपेश उप्रेतीले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन कार्यलाई पूर्णता दिएका थिए । अमेरिकी अधिकारी र गैरनाफामूलक संस्थाबाट खुलेर प्रशंसा गरिएको कार्यक्रममा प्रमुख अतिथि तथा फेयरफिल्डकी उपमेयर डेबी पेनिङटनले नेपाली समुदायले स्थानीय तहमा व्यवसाय र कलाको विकासका लागि चालेको यस कदमको उच्च प्रशंसा गरिन् ।

कार्यक्रमकी अर्की विशेष अतिथि लङलाइभ नन प्रोफिटकी फाउन्डर र केयर सोर्स कि एसोसिएट भाइस प्रेसिडेन्ट डा।.भर्जिनिया स्कटले स्टुडियोका विद्यार्थीहरूले प्रस्तुत गरेको उत्कृष्ट नृत्य र ऊर्जा देखेर खुलेर प्रशंसा गरिन् । कार्यक्रममा मेरिल्याण्डबाट इनासका क्षेत्रीय संयोजक, इनास उत्तर अमेरिकाबाट राहुल केसी, फिल्म निर्देशक गोपाल चन्द्र लामिछाने, इनास अमेरिकाका उपाध्यक्ष तथा केन्टकीका फिल्म निर्देशक सुमन दाहाल लगायतका अतिथिहरू उपस्थित थिए।

त्यस्तै स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरू टीकाराम सुवेदी, राजन चौहान, डा. भोला शिवाकोटी, सुरज गुरुङ, हरि सुबेदी ,सिता रेग्मी, अनिता श्रेष्ठ, बिष्णु सापकोटा, विष्णु खरेल, र प्रकाश मिश्र लगायत ३० भन्दा बढी अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूको प्रस्तुति र ‘बाबा छोरा’ म्युजिक भिडियो प्रिमियर गरिएको थियो । रुपेश उप्रेती र आरभ उप्रेतीद्वारा अभिनित तथा निर्देशित ‘बाबा छोरा’को सबैले प्रशंसा गरेका थिए ।

कार्यक्रममा इनास ओहायो को नयाँ कार्यसमिति गठन सोही अवसरमा राजु केसी र राहुल केसीको विशेष संयुक्त पहलकदमीमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, ओहायो च्याप्टरको पनि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नृत्य निर्देशक तथा कलाकार रुपेश उप्रेतीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा उपाध्यक्ष केशव पौडेल, महासचिव तुलराम अधिकारी, कोषाध्यक्ष हेम फुयाल र सदस्यहरुमा डेबिड ढकाल, प्रकाश घिमिरे, शारदा धिताल, दुर्गा बान्तवा राई, डिल्ली चम्लागाई तथा सल्लाहकार पुष्प लुईटेल छन् ।