काठमाडौं । गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मायामा’को छायांकन गरिएको छ । गीतमा डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत छ ।
फिल्म निर्देशक वसन्त निरौंला निर्देशित गीतको भिडियो चाँडै दर्शकमाझ आउँदैछ । कुलेखानी आसपास छायांकन गरिएको भिडियोमा अमिता पौडेल, विजय कार्की र मेघा पोखरेल फिचर्ड छन् ।
भिडियोमा श्याम तामाङको छायांकन गरेका भने सम्पादनमा सुप्रिम पराजुली छन् । वसन्त निर्देशित फिल्म ‘पाँच पाण्डव’ आगामी तिहारमा रिलिज हुँदैछ ।








