हली ट्रेलरमा महिनावारी पीडा

काठमाडौं । यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को ट्रेलर रिलिज भएको छ। शुक्रबार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा महिनावारी हुदा स्कुल पढाउनु हुदैन भन्दै स्कुल नपठाएको ट्रेलरमा देख्न सकिन्छ। २१ दिनसम्म बुवा र छोरा मान्छेको मुहार हेर्न हुन्न भन्ने विषयलाई पनि ट्रेलरमा देखाइएको छ ।

कार्यक्रममा निर्माता पूजा गुरुङले यो फिल्म वास्तविक कथामा निर्माण भएको भन्दै एउटा हलीले नै देशको मुहार फेर्न सक्ने बताइन् । निर्देशक ओम प्रतिकले मस्तिष्क चेतनालाई फराकिलो बनाइयो भने पढाइमा पिएचडी गर्नु नपर्ने बताए। उनले भने,‘पश्चिम क्षेत्रमा महिनावारी हुदा पहिलो पटक छाउप्रथामा राख्ने गरिने रैछ। त्यहीँ यथार्थ कथामा यो फिल्म निर्माण गरेका हौँ। चेतनालाई फराकिलो रुपले हेरियो भने पढाइमा पिएचडी गर्नै पर्दैन।’

पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की,सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ,नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै,स्वयम् निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा छ।

फिल्म जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको हो । नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।