दर्शकमाझ आयो वेब सिरिज तथास्तु

काठमाडौं । वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। केबी डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक सिरिजमा गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र एउटा अनौठो श्रापको वरपरको कथा देखाइएको छ ।

ओरियन पिक्चर्स र फजी फिल्म्सको संयुक्त निर्माणमा तयार भएको यस सिरिजको कथा तथा पटकथा शिशिर राणाले लेखेका हुन् भने निर्देशन किरण दाहालले गरेका छन्। सिरिजमा अभिषेक फुयाँल, रसल श्रेष्ठ, सुनील तामाङ, तुलसी राय, सबी थापा, लिसा बरनवाल, सृजना भुजेल, गीत लिम्बू, नरेन्द्र थापा, श्याम राई, बिपना बस्नेत, सन्तु तामाङ, रामकाजी घिमिरे र गीता थापालगायतको अभिनय छ ।

सिरिजमा किरण दाहाल, विवेक मगर र मणि राज पौडेल निर्माता रहेका छन्। बी एन्ड बी टेक तथा हाकिम इन्टरटेनमेन्ट सह–निर्माताका रूपमा आबद्ध छन्।

सिरिजको प्राविधिक टोलीमा प्रोडक्सन डिजाइनर तथा प्रोडक्सन हेडका रूपमा मणि राज पौडेल रहेका छन्। छायाङ्कनको जिम्मेवारी विवेक मगर र योदिन योञ्जनले सम्हालेका छन्। प्रमुख सहायक निर्देशकमा निश्चल तामाङ तथा सहायक निर्देशकमा सुमन सार्की र सृजना भुजेल रहेका छन्। सम्पादन विवेक मगर र आलोक वाग्लेले गर्नेछन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी निश्चल श्रेष्ठले सम्हालेका छन्।

सिरिजको शीर्ष गीत हर्क साउदले तयार गरेका हुन् । सिरिजको ब्याकग्राउन्ड स्कोर अनमोल थापाले तयार पारेका हुन् ।