काठमाडौं । राजधानीमा शनिबार नयाँ फिल्म ‘एक्का मिस्सी बास्सा’को घोषणा गरिएको छ । फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रमुख भूमिकामा देखिँदैछिन् । पछिल्लो पटक फिल्म ‘लण्डन टु पेरिस’मा प्रमुख भूमिकामा देखिएकी सामाग्रीले दुई वर्षपछि फिल्ममा कमब्याक गर्न लागेकी हुन् ।
मोहेनी देवी राईको प्रस्तुतिमा बन्ने फिल्ममा सञ्जय राईको निर्देशन रहनेछ । फिल्मका लागि नायक भने अडिसनबाट छनोट गरिने निर्माण पक्षले जनाएको छ । फिल्मको कार्यकारी निर्मातामा फिल्म ‘रमिताको पिरती’की निर्देशक सुदिप्ता छिन् ।




