माधवको चिट्ठीलाई सेन्सरको पिजी

काठमाडौं । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘चिट्ठी’ ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्नुपर्ने हुन्छ ।

कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको फिल्म सञ्चारकर्मीसमेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन् । माधवराज खरेलको लेखन र निर्देशन रहेको उक्त फिल्मको प्रदर्शनी मिति भने केही दिन भित्रै सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्ममा सञ्जित भण्डारी, खड्गबहादुर पुन मगर (खबपु), गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् । फिल्ममा विशेष भूमिकामा मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा सञ्चारकर्मी सरोज कोइरालाको संगीत, शिव परियार, बेनिशा पौडेल, बसन्त अर्यालको स्वर, डा.कृष्णहरि बराल र कमला जोशीको गीत र राजेन्द्र बजगाईंको संगीत संयोजन छ ।

फिल्ममा जीवन पराजुली एवं राजन खरेलको छायांकन, किरण दाहालको द्वन्द्व, कृष्णबहादुर कार्कीको निर्माण व्यवस्थापन, अमृत चापागाईँ पोस्टर एवम् साहिल खानको प्रोमो छ ।

राजेश कुमारको सम्पादन रहेको फिल्ममा समिर मियाँको भिएफएक्स, पुष्कर खत्रीको ब्याकराउण्ड म्युजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ ।