मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानले शुक्रबारबाट आफ्नो अफिसियल युट्युब च्यानल ‘शुरु से शुरु करते हे’ को सञ्चालक बनेका छन् । यो च्यानलमा सलमानले फ्यानमाझ निजी कुरा, व्यावसायिक कुरा र पर्दा पछाडिका दृश्य राख्नेछन् ।
सलमानले च्यानल सार्वजनिक गर्दै एक टिजर पनि राखेका छन् । जहाँ उनी अंग्रेजी अल्फाबेट बोलिरहेका छन् । ‘शुरु से शुरु करते हे । मेरो अफिसियल युट्युब च्इानल । ए देखि जेटसम्म यहाँ पाइनेछ’ उनले भनेका छन् । सलमानले च्यानलको बायोमा फिल्म अभिनेता, कलाकार, पेन्टर, ह्युमेनिटेरियन लेखेका छन् ।
कामको कुरा गर्दा सलमान अहिले बिग बोस २० होस्ट गरिरहेका छन् । उनी चाँडै फिल्म ‘मातृभूमि’मा देखिँदैछन् ।






