काठमाडौं । यो शुक्रबारबाट देशव्यापी प्रदर्शनमो तयारीमा रहेको फिल्म ‘सारथी’ ले केन्द्रीय जाँचपास समिति सेन्सर बोर्ड बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । समितिले मंगलबार फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
फिल्मका निर्देशक कुमार गजुरेलले सेन्सर बोर्डका पदाधिकारीहरूले पनि पारिवारिक कथा समेटिएको फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएको बताए । फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन् । सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्म संकल्प भुजेलले छायांकन गरेका हुन् । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । फिल्मका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् ।
फिल्ममा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् । फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशनमा बनेको छ । फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ ।







