एकपछि अर्को फिल्ममा अक्षय कुमार

मुम्बई(एजेन्सी) । जुन किसिमले बलिउड अभिनेता अक्षय कुमार फिल्ममा हस्ताक्षर र घोषणा गरिरहेका छन् । त्यसलाई हेर्दा लाग्छ बाँकी कलाकारलाई आगामी दिनमा फिल्म पाउन निकै कठिन हुनेछ । अक्षय स्टारर फिल्म ‘मिशन मंगल’ यही स्वतन्त्रता दिवसमा रिलिज हुँदैछ । यसका अलावा उनी ‘सूर्यवंशी’, ‘गुड न्यूज’ र ‘लक्ष्मी बम’ मा पनि देखिँदैछन् ।

अक्षय यसअघि फिल्म ‘मिशन मंगल’का निर्देशक जगन शक्तिका साथ काम गरिसकेका छन् । अब उनको आगामी फिल्म ‘इक्का’मा अक्षय देखिँदैछन् । ‘इक्का’ एआर मुरुगदासको तमिल फिल्म ‘कत्थी’को हिन्दी रिमेक हो । जसमा अक्षय दोहोरो भूमिकामा देखिँदैछन् ।

जगनका अनुसार फिल्मको सुटिङ चाँडै सुरु हुनेछ । हाल फिल्मको स्क्रिप्टको काम भइरहेको छ । तमिल फिल्ममा विजय प्रमुख भूमिका थिए । फिल्मले किसानको आत्महत्याको घटनालाई प्रस्तुत गरेको छ ।