१२ गाउँमा विराज पुत्र समीर

काठमाडौं । अभिनेता टर्न निर्देशक विराज भट्टले आफ्नो नयाँ प्रोजेक्ट ‘१२ गाउँ’मा छोरा समीर भट्टलाई अभिनय गराउने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत छोराको तस्वीर सार्वजनिक गर्दै फिल्ममा छोरालाई हिरोका रुपमा भित्र्याउन लागेको जानकारी दिएका छन् ।

होम प्रोडक्सनको यो फिल्ममा मुम्बईमा संघर्षरत छोरा समीरलाई अभिनय गराउन लागेका हुन् । विराजले यसअघि फिल्म ‘साङ्लो’ निर्माण र निर्देशन गरेका थिए ।

विराजको पनि अभिनय रहने फिल्ममा उनकै भनाईमा बाबुछोराको भूमिका समान हुनेछ । विराजले सामाजिक सञ्जालमार्फत छोराको ‘६ प्याक’ शरीरयुक्त तस्वीर सार्वजनिक गर्दै ‘१२ गाउँ’मा अभिनय गराउने जानकारी दिएका छन् ।

समीर १० वर्षयता भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम र जिम्न्याष्टिक प्रशिक्षण लिइरहेका छन् । उनले मुम्बईमा किशोर–नमितबाट अभिनयको प्रशिक्षण लिएका हुन् । विराजले नै सामाजिक सञ्जालमार्फत छोराको तस्वीर सार्वजनिक गरेका हुन् ।

व्यवस्थापनमा ग्राजुएसन समीर बुवाको फिल्ममा अभिनय गर्न पाउँदा उत्साहित छन् । विराजको फिल्म्मा सन्तोष सरकारको कथा र पटकथा रहनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ ।