काठमाडौँ । आगामी असोज ३० गतेबाट प्रदर्शन हुने फिल्म ‘आ बाट आमा २’को गीत ‘अचेल किन कान्छी’ सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द र संगीत रहेको गीतमा रवि ओड र गंगा सोनामको स्वर छ ।
सामूहिक विवाहको पृष्ठभूमिमा तयार पारिएको डान्सिङ बीटको गीतमा पल शाह, मलिका महत र आकाश श्रेष्ठको अभिनय छ । दर्जनौं म्युजिक भिडियोमा सहकार्य गरेका पल र मलिकाले पहिलोपटक यो फिल्ममा अनस्क्रिन रोमान्स गर्दैछन् । गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ । गीतमा शंकर सिङ ठकुरी, प्रेम राई अञ्जना खतिवडा, सुस्मिता दाहाल सामूहिक स्वर छ ।
चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको यस फिल्ममा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको अभिनय छ ।
यस फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्ट पनि रहेका छन्। करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।







