सिन्दुरे जात्रा टिजरः प्रेम, धोका र पीडा

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को टिजर बुधबार सार्वजनिक भएको छ । टिजरमा फिल्म मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ ।

मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी छ । टिजरमा अञ्जनालाई अर्का कलाकार विनोद न्यौपानेले कतै लगिरहेको देख्न सकिन्छ । विनोदको हाउभाउ हेर्दा उनी फिल्ममा भिलेन चरित्रमा देखिएको बुझ्न सकिन्छ ।

फिल्ममा सरोज पौडेलको कथा तथा निर्देशन छ । फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्म सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, विशाल घिमिरेको क्रिएटिभ निर्देशन तथा प्रशान्त शिवाकोटीको संगीत छ ।

यही मंसिर १८ गते रिलिज हुने फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ ।