उपासना र सोनामको जलाकीलाई सेन्सरको युनिभर्सल सर्टिफिकेट

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘जलाकी’ले चलचित्र केन्द्रीय जाँचपास समिति(सेन्सर बोर्ड)बा युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएसँगै सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउने भएका छन् । अशोक थापा मगरको निर्देशन रहेको फिल्ममा उपासना सिंह ठकुरी र सोनाम तोप्देन प्रमुख भूमिकामा छन् ।

फिल्मले मगर समुदायको संस्कार र संस्कृतिको कथा देखाउने निर्माण पक्षले जनाएको छ । फिल्मको ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ गीतलाई दर्शकले मनपराइसकेका छन् ।

फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्गबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।