प्रेमकथा र एक्सन जनरामा मोहनी सुरु

काठमाडौं । एक्सन लभ स्टोरी विधामा निर्माण हुने फिल्म ‘मोहनी’को छायाङ्कन मंगलबारदेखि चितवनबाट सुरु भएको छ । विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्म मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ ।

निर्देशक भण्डारीका अनुसार चितवन, मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौं लगायतका स्थानमा ६० दिनमा छायांकन पुरा हुनेछ । फिल्ममा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी, उत्पल झालगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ । फिल्मका निर्माता पनि विजय नै हुन् ।

फिल्ममा महेश पौडेलको छायाङ्कन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ । फिल्ममा मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने र प्रोडक्सन म्यानेजरमा तेजबिक्रम केसी छन् ।