काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘जलाकी’को अग्रिम टिकट बुकिङ खुलेको छ । देशकै ठूलो मल्टिप्लेक्स फिल्म हल ब्युएफएक्स चेन, आइएनआइ सिनेमाज, वान सिनेमाजलगायतले बुधबार देखि नै फिल्मको बुकिङ खुलाएका हुन् । क्युएफएक्सले प्रारम्भिकमा उपत्यका र उपत्यका बाहिर गरी २७ सो दिएको छ ।
फिल्मले मंगलबार चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) बोर्डबाट पनि युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्सरका सदस्यहरूले पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक मगरले बताए ।
फिल्ममा उपासना सिंह ठकुरी, सोनाम तोप्देन, शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।







