पवित्राको लयमा नाचिन करिश्मा

काठमाडौं । तीज आउन झण्डै तीन महिना बाँकी रहँदा सदाबहार अभिनेत्री करिश्मा मानन्धर भने जेठमै तीज गीतमा नाँचेकी छन् । राजधानीको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा उनी हालै एक तीज गीतमा नाँच्न व्यस्त थिइन् ।

गायिका पारु रञ्जितको स्वरमा रहेको ‘तीजको लहर चलिसक्यो’बोलको गीतमा अभिनेत्री करिश्मा दर्जन कोरस डान्सरसँग कम्मर मकाईरहेकी थिइन् । अभिनेत्री तथा कोरियोग्राफर पवित्राा आचार्यले करिश्मालाई नृत्यका विभिन्न स्टेप सिकाइरहेकी थिइन् । सोही स्टेपमा पनि करिश्मा रमाउँदै नाँचेकी थिइन् ।

यो गीतमा संगीत र शब्द बाबुल गिरीकै छ । भिडियोमा सञ्चारकर्मी श्रीधर पौडेलको छायाँंकन, राम कार्कीको व्यवस्थापन र विरेन्द्र रञ्जितको निर्माण छ । भिडियोकी निर्देशकसमेत रहेकी कोरियोग्राफर पवित्राले भिडियो केही दिनपछि युट्युबमा आउने बताइन् ।