काठमाडौं । नबिन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘बाकस’मा भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्ध भएका छन् । फिल्मका निर्देशक पन्तले भोला र शुपलालाई फिल्ममा अनुबन्ध गरेसँगै अब दशैंपछि छायांकन थाल्ने बताए।
यसअघि यो फिल्ममा बिपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्ध भइसकेका छन्। फिल्मको निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्रबहादुर खड्का सह–निर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा दीपक शर्मा र सनम पुरुष राई संगीत, दीपक शर्मा र निर्देशक पन्तकै गीत, मनी तामाङको मुख्य सहायक निर्देशन, किरण दाहालको द्वन्द्व र निर्मल न्यौपानेको प्रोडक्सन हुनेछ ।








