धरानमा नाइनटिज धरानेज लाइभ कन्सर्ट

धरान । धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूलाई समेटेर विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा आगामी असोज २० गते धरानस्थित भिन्टेज बार एण्ड क्लबमा विशेष सांगीतिक कार्यक्रम ‘नाइनटिज धरानेज लाइभ कन्सर्ट’ आयोजना हुने भएको हो।

कार्यक्रममा धरानको ९० दशकको सांगीतिक पुस्ताका कलाकारहरू सञ्जीव लामा (मिक्स मेलोडी ब्याण्ड), मनोज मोते (जेलर्स ब्याण्ड), दिलु राई (ओझेल ब्याण्ड) र रोहित मास्केको विशेष प्रस्तुति रहने छ ।

कार्यक्रममा सञ्जीव लामाले ‘बिर्सिएका यादहरूले’, ‘सम्झनाहरुलाई अंगाल्दै’, ‘घुम्दै आउनु धरान बजार’, मनोज मोते (जेलर्स ब्याण्ड)को ‘‘टाढा जाने प्रियसी’, ‘ ‘हाम्रो जीवन’,दिली राई तथा दिलु राई (ओझेल ब्याण्ड)को ‘माछी पर्यो माझीको जालैमा’ र ‘उमेरले’ तथा रोहित मस्केका ‘मेरी मायालु’ र ‘चिसो चिसो’जस्ता गीतहरु सुनिनेछन् ।

आयोजक सिल्भर इन्टरटेनमेन्टका अनुसार यो कार्यक्रमपछि पूर्वका विभिन्न शहरमा पनि सांगीतिक टुर आयोजना गर्ने तयारी भइरहेको छ। ९० दशकका चर्चित गीत, कलाकार र ब्यान्डलाई केन्द्रमा राखेर अघि बढाइने उक्त टुरमार्फत पुराना लोकप्रिय गीतहरूलाई नयाँ पुस्तामाझ समेत पुर्‍याउने योजना रहेको आयोजकले जनाएको छ।