मैनाममा करण र सृष्टि

काठमाडौ । गायक करण राईको मैनाम अ पोइटिक म्युजिक फिल्म सार्वजनिक भएको छ । द भ्वाईस अफ नेपाल सिजन ४ का बिजेता गायक करणले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

‘मैनाम’मा गायक तथा संगीतकार गणेश रशिकको संगीत रहेको छ भने कवि उत्तम तुम्सा लिम्बुको कविता रहेको छ । यस कृतिमा करण राईले गाएका छन्, भने कवि उत्तमले कविता वाचन समेत गरेका छन् । यसमा देबेश राईको एरेञ्ज, मिक्सिङ मास्टरिङ छ । गीत रङ्काशु स्टुडियोमा रेकर्ड गरिएको हो ।

ललितपुरमा कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, कवि स्वप्निल स्मृती र लेखक श्याम सिंगकको उपस्थितिमा पोइटिक म्युजिक फिल्म सार्वजनिक गरिएको थियो । कवि उत्तम तुम्साकै लेखन तथा निर्देशन रहेको ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्ममा गायक करणकै अभिनय देख्न सकिन्छ । करणको जोडी भएर सृष्टि मगरले अभिनय गरेकी छन् ।

डिएनएक्स हाङ्ग्गामको सिनेमाटोग्राफी रहेको छ, भने बिवेक सुनारले सम्पादन गरेका छन् । त्यस्तै मिलन बिश्वकर्माको कलर रहेको भिडियोमा सह निर्देशन पबित्रा राईले गरेकी छिन् ।