रुपेशले ल्याए मायाको चिनो

काठमाडौं । अमेरिकाको ओहायोमा बस्दै आएका गीतकार रुपेश शर्माको शब्द रहेको नयाँ गीत ‘मायाको चिनो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको यस गीतमा गायक सिडी विजय अधिकारी र गायिका मनीषा राईको स्वर रहेको छ । गीतमा संगीत स्वयं सिडी विजय अधिकारीले दिएका छन् भने म्युजिक प्रोडक्सन, मिक्सिङ र मास्टरिङ पुष्कर खत्रीले गरेका छन् ।

डान्सिङ शैलीमा तयार पारिएको भिडियोमा गीतकार रुपेश शर्मा स्वयम् मोडलका रुपमा समेत देखिएका छन् । रुपेशलाई रुकमिना तिम्सिना र सुरवीर पण्डितले समेत अभिनयमा साथ दिएका छन् ।

भिडियोले प्रेममा रहेका दुई पात्रबीच मायाको चिनोका रूपमा औँठी र रुमाल साटासाट हुने भावनात्मक प्रसंगलाई प्रस्तुत गरेको छ । संवाद र कोरसको संयोजनले गीतलाई थप आकर्षक बनाएको छ भने निर्देशक सन्तोष राजबाहकको कोरियोग्राफी र निर्देशनले भिडियोलाई जीवन्त बनाएको देखिन्छ ।

यसभन्दा अघि पनि गीतकार रुपेश शर्माले आफ्ना दुई गीत ‘पिरतीको सिंहदरबार’ र ‘बिजुली’ शीर्षकको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

पुकार राईको सहकार्य तथा पिक एण्ड लेटको प्रस्तुतीमा तयार भएको मायाको चिनोमा मेकअप गीत तामाङ, ग्रुप लिडर राजाराम सिंखडा, छायांकन रामकुमार केसी, सम्पादन तथा कलर ग्रेडिङ कल्पेश विश्वकर्मा, सहायक निर्देशन राहुल अधिकारीको रहेको छ । कोरियोग्राफी तथा निर्देशन सन्तोष राजबाहकले गरेका हुन् भने पोस्ट–प्रोडक्सन एन अल्फा स्टुडियोमा गरिएको हो ।