काठमाडौं । नेपालमै पहिलो पटक कन्टेन्ट क्रिएटरहरूका लागि लक्षित गर्दै आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक भएको छ । स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमवार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गर्न लागेको यो अवार्डका लागि विभिन्न दश विधामा मनोनयन सूची सार्वजनिक गरिएको हो ।
आयोजक संस्थाका निर्देशक सुरज गराचका अनुसार नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना गर्न लागिएको हो । यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको प्रस्तुतिमा आयोजना हुन लागेको हो ।
क्रिएट, इन्स्फायर, इम्प्याक्ट भन्ने नारासहित आयोजनना हुन लागेको यो अवर्डाका लागि करिव तीन महिनाको अवधि राखेर आवेदन आह्वान गरिएको थियो । अवार्ड समारोहका क्रिएटिभ हेड विक्रमादित्य शाहका अनुसार देशभरीबाट करिव २२ सय भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यो प्रतियोगितामा सहभागिता जनाउन आफ्ना कन्टेन्टहरु उपलब्ध गराएका थिए । ती मध्ये आयोजक संस्थाले १ सय २२ वटा उत्कृष्ट कन्टेन्टहरु निर्णायकसमक्ष प्रस्तुत गरेको थियो ।
अवार्ड समारोहमा १० विधामा अवार्ड वितरण गरिने आयोजक संस्थाका पब्लिक रिलेशन अफिसर राजु जंग बस्नतेले बताए । प्रतियोगिताको निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन् ।
यसैबीच, देशमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूप्रति ऐक्यवद्धता जनाउँदै स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
यस्तो छ मनोनयन
एजुकेशन फाइनान्स
रोनित श्रेष्ठ
हिमांशु पोखरेल
शुभम चापागाईँ
सुरज तिमिल्सिना
रबिन पौडेल
दिपेश शाही ठकुरी
पोषण भण्डारी
प्रशिका थापा
शर्मिला लामा
नविन तिमल्सेना
इन्टरटेन्मेन्ट
सम्राट अधिकारी
सन्दिप सुनार
सन्देश तामाङ
राजेश बोगटी
दिलिप ओखेडा
विवेक पाण्डे साहित्य
लक्ष्मी ओली
आभाष निरौला
जुलिया मोक्तान
दिपेश कुमार शर्मा
फेसन व्यूटी
योगेश शर्मा
अदिती अधिकारी
सुष्मिता भुषाल
रोहिशा पुरी
असिम रानाभाट
रोसा मारिया लामा
तेजल थापा
फिटनेस हेल्थ
नेपाली फिट ड्यूड
तेज गिरी
जीम कपन
सुदिप विष्ट
प्रिया बराल
फूड
सोनी गुरुङ
मनिषा थापा
सुशान्त आचार्य
अभिनव जोशी
ऋचा श्रेष्ठ
सुशील कँडेल
गेमिङ
विष्णु भण्डारी
आयुष महत
लाइफ स्टाइल
रियाना श्रेष्ठ
जेनिशा तिमल्सिना
अश्मी अमात्य
आयुष श्रेष्ठ
महफूज आलम
सुबेक्षा पोखरेल
अंकित श्रेष्ठ
अञ्जिला रजक
सुमित कुमार ओली
क्रिन्जल कार्की
स्पोर्टस्
सुजीत थापा
उज्वल प्रजापति
टेक्नोलोजी
ऋषभ गौतम
निशान्त श्रेष्ठ
उमेश कुमार थापा
हेम प्रसाद भट्टराई
मिशन अधिकारी
ट्राभल
प्रशान्त सिंह ठकुरी
अमित विष्ट
विनोद पन्त
अर्पण घिमिरे
मनिषा महर्जन
रोशन खैतु
विदुर अधिकारी
अमन साह गुप्ता
समीर बानियाँ
सन्जिता पाठक





