वेब सिरिजमा बाहुबली

मुम्बई(एजेन्सी) । वेब प्लेटफर्ममा धेरै कुराको प्रयोग भइरहेको छ । अब यो प्रयोगमा फिल्मको वेब सिरिज पनि जोडिएको छ । भारतमा फिल्म ‘बाहुबली’ भारतीय फिल्ममा सबैभन्दा बढी सफल फिल्म मानिन्छ । दुई संस्करणमा बनिसकेको यो फिल्मको अब तेस्रो संस्करण पनि बन्दैछ । जसको नाम ‘बाहुबलीः बिफोर द बिगनिङ रहनेछ । यो वेब शो नै हो ।

यो शोमा अभिनेता अनुप सोनी प्रमुख भूमिकामा हुनेछन् । करिब आठ वर्षदेखि ‘क्राइम पेट्रोल’को होस्ट गरिरहेका अनुप आफैमा अलग अलग भूमिका निभाउन चाहन्छन् । यही कारण उनी वेब शोमा पाइला टेक्दैछन् । ‘यो सिरिज नेटफ्लिक्समा आउनेछ । जो बाहुबाली फिल्मको दोस्रो हिस्साको प्रिक्वेल पनि हो । यसको कथा पचास वर्ष पछाडि जान्छ’, उनले भनेका छन् ।

फिल्ममा अमरेन्द्र बाहुबलीको आमाबाबु पनि देखाइनेछ । फिल्म]बाहुबली बनाएको निर्माण समूहले नै यो शो पनि बनाउनेछन् ।