कबीर सिंहपछि शाहिदको पारिश्रमिक ४० करोड

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहिद कपुरको हालै अभिनित फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा धमाल मच्चाइरहेको छ । ‘अर्जुन रेड्डी’ को रिमेक फिल्मले शाहिदको करियरलाई टर्निङ प्वाइन्छ दिएको छ । ‘कबीर सिंह’ हिट भएपछि शाहिदलाई तेलुगू फिल्म ‘जर्सी’को हिन्दी रिमेकको लागि अफर आएको छ ।

फिल्म ‘कबीर सिंह’ हिट भएपछि शाहिदले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । ‘कबीर सिंह’ अघि शाहिदले एउटा फिल्मका लागि २० देखि २१ करोड पारिश्रमिक लिन्थे । तर अब उनले नयाँ फिल्मका लागि ४० करोड पारिश्रमिक माग गरेका छन् ।

समाचार अनुसार एक क्रिकेटरको जीवनीमा आधारित फिल्म ‘जर्सी’मा शाहिदलाई प्रमुख भूमिकाका लागि प्रस्ताव गरिएको थियो । उनले यो फिल्मका निर्मातालाई ४० करोड पारिश्रमिकको माग गरेपछि निर्माताहरु छलफलमा छन् । यो फिल्ममा एक क्रिकेटरको भावुक यात्रालाई देखाइनेछ । जसले क्रिकेट टिममा आफ्नो स्थान पाउनका लागि संघर्ष गर्छ ।