मायाका रंगहरुको गीत रेकर्ड

काठमाडौं । फिल्म ‘मायाका रंगहरु’को दुई गीत रेकर्ड गरिएको छ । छायांकनको तयारीमा रहेका फिल्मका गीतको गत शुक्रबार राजधानीमा रेकर्ड गरिएको हो ।

दुई गीतमध्ये एकमा गायिका मेचु धिमालको शब्द, संगीत तथा स्वर रहेको छ । यो गीतमा उनलाई गायनमा नोगेन हारुसारुम्बा लिम्बुले साथ दिएका छन् ।

अर्को गीतमा उर्गेन दोङको शब्द, संगीत र स्वर छ । यो गीतको गायनमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ की मोनिका राईले साथ दिएकी छन् ।

फिल्ममा अभिनेता पल शाह र कुन्दन भारद्वाज, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । फिल्मका लागि हालसम्म अभिनेत्री फाइनल भइसकेका छैनन् ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको दार्जिलिङ, इलाम र काठमाडौंमा पनि गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन् ।

फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।