तीन तिघ्रे क्या बिग्रेमा समिया

काठमाडौँ। दर्जनौँ म्युजिक भिडियोकी मोडल तथा टेलिफिल्म ‘सीता’ की कलाकार समिया कार्की रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकामा अनुबन्ध भएकी छन् ।

टेलिफिल्म ‘सीता’ मा सीताको नन्दको भूमिकामा देखिएकी समियाको यो पहिलो फिल्म हो। पहिलो फिल्ममै मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी निकै उत्साहित देखिएकी छन्। नयाँ टिम र अनुभवी कलाकारहरूसँग काम गर्ने अवसर पाउनु आफ्नो लागि खुसीको विषय भएको उनले बताइन्।

फिल्ममा गायक पशुपति शर्मा तथा गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। कमेडी जनरामा निर्माण हुन लागेको यस फिल्मले मनोरञ्जनको भरपूर स्वाद दर्शकमाझ पस्किने निर्देशक अमरदीप सापकोटाले बताए। उनका अनुसार फिल्मलाई हास्य, मनोरञ्जन र समसामयिक विषयवस्तुको संयोजनसहित प्रस्तुत गरिनेछ।