काठमाडौं । नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’फागुनको २१ गतेदेखि रिलिज हुने भएको छ । सुरज आचार्यको निर्माणमा तयार हुने फिल्ममा मुस्कान ढकालको निर्देशन रहनेछ ।
फिल्ममा नायक विजय बराल र नायिका पूजा शर्मा फाइनल भइसकेका छन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा।लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौ महिनाबाट सुरु हुँदैछ ।
फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन् । महाशिवरात्री र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको करणले बताएका छन् ।
सामाजिक कथावस्तुमा तयार हुने यो फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।




