ल्याङ्ग ल्याङ्गमा जोडिए रियान

काठमाडौं । बलिराम चौहानको निर्देशनमा निर्माण हुने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा कलाकार रियान गिरी अनुबन्ध भएका छन् । रियान फिल्म ‘होस्टेल–३’बाट नेपाली फिल्म उद्योगमा प्रवेश गरेका कलाकार हुन् । उनी गायक पनि हुन् ।

निर्देशक चौहानले कथामा हुने फिट हुने देखेरै रियानलाई अनुबन्ध गरेको बताए । गतवर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’मा चौहानको निर्देशन थियो । निर्देशक चौहानले केही समय अगाडि थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका थिए ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् ।