काठमाडौं । अभिनेता रेयर राई फिल्म ‘कंगाल करोडपति’मा अनुबन्धित भएका छन्। निर्माणपक्षले उनलाई फिल्मका लागि अनुबन्ध गरेको हो। यो फिल्ममा यसअघि मुकुन भुषाल र सलिना तामाङ अनुबन्धित भइसकेका छन् ।
राजु श्रेष्ठको निर्देशन रहने सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्।
फिल्ममा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा सह–निर्माताका रूपमा आबद्ध छन् । रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर रहेका छन्। फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्।




