तीन तिघ्रे क्या बिग्रेमा भटभटे माइला अनुबन्ध

काठमाडौं । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ चिनिएका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्।

सानो पर्दामा ‘भटभटे माइला’ का रूपमा स्थापित उनी पहिलो पटक मुख्य नायकको भूमिकामा देखिन लागेका कारण निकै उत्साहित रहेका छन् । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्मको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। फिल्मका निर्माता रघुनाथ सापकोटा हुन्।

फिल्मका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। यसअघि नै फिल्मका लागि गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की तथा कमेडियन प्रभात लामा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।