काठमाडौं । आगामी साउन २९ गतेबाट रिलिज हुने फिल्म ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत, सहिमा श्रेष्ठ र रवी ओडको स्वर छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन् । आहा फिल्मस्को व्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको फिल्ममा राजबहादुर सानेको निर्देशन छ ।
सौरभ ओली प्रस्तुतकर्ता तथा कमलप्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता अनि दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ । हरि प्रसाद सिवाकोटी फिल्मका लाइन प्रोड्युसर हुन् । क्यानडा निवासी उनी नेपाल रिलिजकै मितिमा ‘लज्जावती’लाई क्यानडा रिलिज गर्ने लक्ष्यसहित टिममा जोडिएका हुन् ।
फिल्ममा धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, बिशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको पनि अभिनय रहेको छ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन छ । यो फिल्मलाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।




