काठमाडौं । सर्जक कस्तुप पन्तले नयाँ तीज गीत ‘खाली भयो जेब’ सार्वजनिक गरेका छन् । गायिका एलिना चौहानको स्वर रहेको गीतमा कस्तुपकै संगीत छ । रमेश सेन्चुरीको संगीत संयोजन र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतका रेकर्डिष्ट खुमन राना र सुमन राना हुन् । गीतमा रामजी खाँणको पनि स्वर छ ।
गीतमा युवतीका रहर र चाहनाहरुलाई विषयवस्तु बनाइएको छ । तीजका अवसरमा महादेवसँग आरधना गर्दै उनले आफ्ना रहरहरु पुरा गरिदिन बिन्ति गरेकी छिन् ।
भिडियोमा एलिना रायमाझी र पार्वती श्रेष्ठको अभिनय छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशनमा तयार भएको उक्त भिडियोमा करण चैसिरको छायाङ्कन र बिनोद बमको सम्पादन छ ।




