काठमाडौं । सामरी इन्टरनेशनलद्वारा आयोजित जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ को उपाधि आयना राईले जितेकी छन् । प्रतियोगितामा सहभागी २३ जना प्रतिभाशाली बालबालिकाले आफ्नो आत्मविश्वास, प्रतिभा, सिर्जनशीलता तथा आकर्षक स्टेज प्रस्तुतिमार्फत दर्शक र निर्णायकहरूको मन जितेका थिए ।
प्रतियोगितामा एन्जेलिना राई प्रथम रनरअप, अनन्या पुरी द्वितीय रनरअप, अनमोल परियार तृतीय रनरअप, युबिया महर्जन चौथो रनरअप तथा बिद्या खत्री पाँचौँ रनरअप घोषित भए ।
विशेष उपाधितर्फ एन्जेलिना राईले पब्लिक च्वाइस विनर, अंशु भण्डारीले भ्यूअर्स च्वाइस विनर तथा जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइस विनरको उपाधि जितेका छन् ।
गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता, सामरी इन्टरनेशनल इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत भरत सामरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पहिलो सेफ गोविन्द नरसिंह केसी, गायक तथा रेडियो नेपालका पुर्व निर्देशक सिताराम पोखरेलको विशेष आतिथ्य रहेको थियो । जुनियर सुपर मोडेलको निर्णायक मण्डलमा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, नीलम पौडेल र विजय शाही थिए ।
कार्यक्रममा गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । त्यस्तै कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, नीलम पौडेल, विजय शाही, अर्जुन कार्की, अनमोल भगत, अर्शु महर्जन, रोजिन शाक्य, राज कार्की, शेखर वाग्ले, आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट तथा फेसन डिजाइनर दिलमाया मगरलाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो ।





