श्रीकृष्णलाई सम्झँदै अक्षराको रथयात्रा

काठमाडौं । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ टिमले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रथयात्रा गरेको छ। शुक्रबार बौद्धमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, पुस्कर राउत, फिल्म निर्देशक विनयराज पौडेल तथा निर्माताहरुको उपस्थितिमा रथयात्रा गरिएको हो ।

गत दश १० रसुवाको भोटेकोशीमा आएको बाढी पहिरोको कारण स्तव्ध बनेको निर्माण टिम आफ्नो फिल्मको प्रमोसनमा लागेको हो। हिजो मात्रै यस फिल्मकी अभिनेत्री न्यान्सी खड्काले नुवाकोटका विभिन्न स्थानमा बाढीपिडितलाई राहतका सामाग्री बाँडेर फर्किएकी थिइन्।

विनयराज पौडेल निर्देशित यस फिल्ममा न्यान्सीका अलावा सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता बस्नेत, सृष्टि खड्का, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय छ। दिपेन बस्न्यातको छायांकन रहेको यस फिल्ममा गौतम खड्काको सम्पादन छ ।