तीजलाई सुष्माको छड्के तिलहरी

काठमाडौं । हरितालिका तीजलाई लक्षित गर्दै गायिका सुष्मा गुरुङको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। फिल्म निर्माणमा सक्रिय रहँदै आएकी गुरुङले पहिलोपटक आफ्नै स्वरमा तीज गीत सार्वजनिक गरेकी हुन् ।

डीपी खनालको शब्द तथा ताराप्रकाश लिम्बूको संगीत रहेको गीतको भिडियोमा पवित्रा आचार्य र प्रकाशजंग कार्कीको अभिनय छ ।

तारावीर पाण्डेको निर्देशनमा तयार भएको भिडियोमा तीजको उल्लास, नेपाली मौलिकता र मनोरञ्जनलाई प्रस्तुत गरिएको छ।