जलाकीको कलेजीको छेउमा उपासना र सोनम

काठमाडौं । निर्देशक अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’ को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक भएको छ। । गीतमा शब्द सुरेन्द्र रानाको तथा संगीत निर्देशन, मिक्सिङ तथा मास्टरिङ एसडी योगीको रहेको छ । गीत एसडी र गीताञ्जली थापा मगरको स्वर छ ।

रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको बाँसुरीमा रत्न बीक, मादल तथा खैँजडीमा मदन रेग्मी, पञ्चेबाजामा शिशिर परियार र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् । गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन् ।

प्रेमी र प्रेमिका बीचको गहिरो प्रेम र आकर्षणमा आधारित गीतमा उपासना सिंह ठकुरी, सोनम ताप्देन, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारहरूको अभिनय छ । यसअघि ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

फिल्म आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुँदैछ । ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।