काठमाडौं । फिल्म ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार बेलुकी ९ बजे सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार दीपकराज गिरीलाई सन्तान जन्माउनकै लागि दुई विवाह गर्नुपरेको प्रसंगलाई देखाइएको छ ।
ट्रेलरमा पहिलो श्रीमति केकी अधिकारीबाट सन्तान नहुने भएपछि ज्योतिषको सल्लाह अनुसार सनिसा भट्टराईलाई विवाह गरेको बुझाइएको छ । तर सनिसालाई विवाह गरेपछि केकी र सनिशाको पेटमा बच्चा बसेको ट्वीस्ट उत्तिकै रोचक देखाइएको छ ।
असोज ३१ गतेबाट प्रदर्शन हुने फिल्ममा दीपेन्द्र लामाले निर्देशन छ । रोहित अधिकारी निर्माता रहेको फिल्ममा मेक्सम गौँडेल, रमा थपलिया, रवीन्द्र झा, दीपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारको पनि अभिनय छ ।







