काठमाडौं । भुवन केसी निर्देशकिय फिल्म ‘बाटुलो जुन’को दोस्रो गीत ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार अनमोल केसी र प्रिन्सी खतिवडाको अभिनय छ । गीतमा रुबै र प्रबिन बेडवालको स्वर छ भने भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ ।
कुनै मेलाको झल्को दिने डान्सिङ नम्बरको गीतमा अनमोल र प्रिन्सीलाई निकै रोमान्टिक भावमा देखाइएको छ । गीतमा पुरानो समय देखाइएको छ । फिल्ममा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यो फिल्म आगामी कार्तिक २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पाश्र्व संगीत र प्रदीप श्रेष्ठको एसोसिएट निर्देशन छ । जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा विवेक थापा सह–निर्माता छन् ।








