काठमाडौं । निर्देशक राजु श्रेष्ठको निर्देशनमा फिल्म ‘नौ डाँडा काटेर’ निर्माण हुने भएको छ । छायांकनरत फिल्म ‘कंगाल करोडपति’का निर्देशक श्रेष्ठले कोजाग्रत पूर्णिमाको अवसर पारेर आफ्नो ‘नौ डाँडा काटेर’को घोषणा गरेका हुन् ।
उनले फेसबुकमार्फत आफ्नो नयाँ निर्देशकीय फिल्मको नाम सार्वजनिक गरेका छन् । सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने फिल्ममा अनिलकुमार बुढाथोकीको निर्माण हुनेछ । फिल्मको कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती र लाइन प्रोड्युसरमा सुरज कुमार छन् ।
फिल्मको कथा तथा पटकथा रंग पत्रकार एवं फिल्म निर्माता रघुनाथ सापकोटाको छ । निर्देशक श्रेष्ठले फिल्मका कलाकार तथा प्राविधिक चाँडै सार्वजनिक गरिने बताए ।








