काठमाडौं । कास्कीको धम्पुसबाट फिल्म ‘बाकस’ को सुटिङ्ग सुरु भएको छ । फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउवाला गौतम, धुर्व गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ, विमल यादव तथा बाल कलाकार सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भन्डारी, सगुन खड्कालगायतको अभिनय रहने छ ।
मणि तामाङ मुख्य सहायक निर्देशक तथा सावन शर्मा, सिर्जना भुजेल र मनिस चौलागाईं सह–निर्देशक रहेको फिल्ममा किरण दाहालको द्वन्द्व, उर्मिला लामाको श्रृंगार, अस्मिता सापकोटाको हेयर र लक्ष्मण पाण्डेको स्टिल फोटोग्राफी रहने छ । फिल्मको संगीत दिपक शर्मा र सनम पुरुष राईले हेर्ने छन् भने एक्ज्युकेटिभ प्रोड्युसर धिरेन्द्र पन्त (धिरुभाई) छन् ।
सुजिता चौलागाई निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्र बहादुर खड्का सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा सिनेम्याटोग्राफीमा महेश पौडेलको रहने छ । फिल्ममा प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने, कस्ट्युम डिजाईनर ज्योती केसी र निराजन घिमिरे, कोरियोग्राफी सियोन श्रेष्ठको रहने छ ।
नबिन पन्तको लेखनरनिर्देशनमा बन्ने फिल्म पिके इन्टरटेन्मेन्ट प्रा।लिको व्यानरमा निर्माण हुँदैछ ।








