आधा सुरमा पूर्ण कलाकार

काठमाडौं । सपनासँग जोडिएको जिन्दगीको कथामा आधारित रहेर फिल्म ‘आधा सुर’ निर्माण हुने भएको छ । भदौ दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मको निर्देशन अशिन पौडेलले गर्नेछन् । फिल्म काठमाडौं र पोखरामा खिचिनेछ ।

फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण थापा, प्रविण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दिलिप रानाभाट, बबिता मल्ल र सुरज विष्टलगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मको मंगलबार राजधानीमा घोषणा गरियो । फिल्ममा सौरभ कार्की र निर्देशक पौडेलको कथा, विष्णु घिमिरे ‘कल्पित’को छायांकन, रोशनराज थापाको संगीत र केशव रानाको सम्पादन रहनेछ । फिल्मबाट मोहन जैशीले डेब्यू गर्दैछन् ।
(तस्बिरः द सिनेमा टाइम्स)