‘म फ्लप फिल्मको राइजिङ स्टार’

मुम्बई(एजेन्सी) । अष्ट्रेलियाको मेलबर्नमा बिहीबारबाट १० औं इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न सुरु भएको छ । यो फेस्टिभलमा बलिउडका चर्चित अनुहारको बाक्लो उपस्थिति छ । फेस्टिभलको पहिलो दिन प्रमुख अतिथीका रुपमा बलिउड सुपरस्टार शाहरुख खान उपस्ति थिए । खुला बोलीका कारण चर्चित यी अभिनेताले आफ्नो फ्लप फिल्मको विषयलाई लिएर पनि रोचक भनाई राखे ।

शाहरुखले सन् २००७ मा ब्लकब्लस्टर फिल्म ‘चक दे ! इंडिया’को सुटिङका लागि अष्ट्रेलियामा आएको स्मरण गर्दै पुनः दोस्रोबाट आउदा झन खुशी लागेको बताए । शाहरुख अभिनित पछिल्ला दुई फिल्म ‘जीरो’ र ‘फैन’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेको थिएन ।

‘केही वर्ष अघि सन् २००६–२००७ मा जब एक पछि अर्को हिट फिल्म दिइरहेको थिएँ । त्यो बेला म एक राइजिङ सुपरस्टार थिएँ । त्यही बेला यहाँ आएको थिएँ । अहिले फेरी म यहाँ आएको छु । अहिले पनि म राइजिङ स्टार नै छु । किनकी मैले धेरै हिट फिल्म दिएको छैन । जति दिन चाहेको थिएँ । त्यसकारण म आफूलाई फ्लप फिल्मको राइजिङ स्टार मान्दछु ।’