पहिलो अनुहारमा यस्तो च च हुई

काठमाडौं । नायक आर्यन सिग्देल अभिनित फिल्म ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुइ पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ । उनको साथमा को–स्टार मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेका छन् । अर्कोमा माओत्से गुरुङसहित यही चियाई रहेको देख्न सकिन्छ ।

पोस्टरमा फोटोग्राफी श्रीधर पौडेलको रहेको छ भने यसलाई टौवा क्रिएसनका विजय बस्याल र शान थापाले डिजाइन गरेका हुन् । आगामी मंसीर ६ मा रिलिज हुने फिल्म रम(कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउंदैछन् ।

लभर ब्वाईको भूमिकामा सर्वा्धिक रुचाइएका चकलेटी हिरो आर्यन र ‘लालपूर्जा’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी मिरुनाले अनस्क्रिन रोमान्स गरेका छन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ ।

‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।