बादशाह जुटमा फरक सुशील

काठमाडौं । आगामी कार्तिक १ गते रिलिज हुने फिल्म ‘बादशाह जुट’को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । एक्सन जनराको फिल्म गत वर्षको पुष १३ गते रिलिज हुने भने पनि त्यो वर्ष रिलिज हुन सकेन ।

निर्देशक जोनी सिंह राणाको निर्देशन रहेको फिल्मको पोस्टरमा सुशील श्रेष्ठ र रोबिन तामाङ फिचर्ड छन् । फिल्ममा यी दुई पात्रबीचको द्वन्द्वलाई देखाइनेछ । फिल्ममा आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपालको अभिनय छ ।

फिल्ममा अभिषेक शशि कुमारको लेखन, कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको द्वन्द्व, राजु कार्कीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ । फिल्ममा हर्कबहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)को लगानी छ ।