‘म २५ प्रतिशत मात्र जीवित छु’

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चन प्रायशः सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहन्छन् । हालैमात्र उनले आफ्नो शरीरको फोक्सो ७५ प्रतिशत खराब भएको खुलासा गरेका छन् ।

‘म जहिल्यै पनि आफ्नो व्यक्तिगत उदाहरणका बारेमा बताउँदै आएको छु । तपाईंहरुलाई स्वास्थ्य अवस्थाको बारेमा सचेत गराउने प्रयास गरिरहन्छु’, उनले भनेका छन्,‘सार्वजनिक रुपमा मैले यो कुरा भन्दा मलाई अप्ठ्यारो महशुस हुन्न कि म क्षयरोग र हेपाटाइटिस बीबाट पीडित छु । जसकारण खराब रगतको असरले मेरो कलेजोको ७५ प्रतिशत भाग खराब भइसकेको छ । म २५ प्रतिशत मात्र जीबित छु ।’

पोलियो, हेपेटाइटिस बी, टीबी र मधुमेह जस्ता कैयौं स्वास्थ्य अभियानमा जोडिएका ७६ वर्षे अमिताभले आम मानिसलाई यी रोगको परीक्षण गर्न र त्यसबाट मुक्त हुन आग्रह गरेका छन् ।