झ्यामपुतलीमा राते काइँला बोस

काठमाडौं । फिल्मवृत्तमा ‘राते काइँला’को उपनामले स्थापित अभिनेता सुनिल थापाले ‘झ्याम पुतली’ नामक म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यहि अन्दाजमा देखिँदैछन् । उनले अभिनय गरेको भिडियोको गीतमा उनलाई ‘बोस’ को रुपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ ।

‘झ्याम पुतली’ बिलको हिपहप गीत साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचय बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रमथापाले तयार पारेका हुन् । यी दुईसमेत भिडियोमा फिचर्ड छन् । यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको

कोरियोग्राफी रहेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको गीतमा आफु अभिनय गर्न पाउँदा निकै खुसि रहेको सुनिलले बताए । ‘गीतको एउटा हिस्सा हुन पाउँदा निकै खुसि छु’ उनले भने ‘गीतलाई स्टाइलिस् बनाउने कोसिस गरिएको छ ।’ सुनिलले भिडियोमा अभिनय गर्न तयार हुँदा आफुहरु उत्साहित भएको विधानले बताए ।